बाढीपहिराले गएरातिदेखि अवरुद्ध भएको डुम्रे–बेँसीशहर सडक पुनः सञ्चालनमा आएको छ ।

आज बिहानदेखि डुम्रे–बेँसीशहर सडकखण्ड अन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुर नजिकै सडक अवरुद्ध भएपछि एक्साभेटरले ढुङ्गा माटोसहितको पहिरो हटाएपछि आज १०ः३० बजेदेखि पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो । वैकल्पिक रुपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा पहिरोले अवरुद्ध बनाएपछि हाल सञ्चालनमा आए पनि फेरि वर्षा भएमा पहिराको जोखिम भने कायम रहेको उहाँको भनाइ छ ।

सो अवरुद्ध भागमा सडक एकतर्फ सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।रासस

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *