सिद्धान्तत: हामीले स्वीकारेका छौँ – भुमिका केहि फरक होला तर हामी सबै जनप्रतिनिधि हौँ । हाम्रो उद्देष्य काठमाण्डौँको समृद्धि र नागरिकहरुको सुविधाको बढोत्तरी मात्रै हो ।

व्यवहारत: हामीले प्रमाणित गर्यौँ – यो अभियानमा हामी सबै साथसाथ छौँ ।
सर्वसम्मतले नीति तथा कार्यक्रम पारित हुन सकेकोमा हामी सबैलाई बधाई छ । त्यहाँ लेखिएका कुराहरु एक बर्षभित्र गरिसक्छौँ भनेर हामीले दिएका वचनहरु हुन्, खाएका कसमहरु हुन्, हामीले आफ्नै लागि बनाएका बाटाहरु हुन् । जति अफ्ठ्यारा आए पनि यो बाटोमा हिडेर गन्तव्य छुन सकौँ । पहिलो बर्षमा काठमाण्डौँले सकारात्मक परिवर्तनको अनुभूति गर्न पाओस् । हामी सबैलाई शुभकामना छ ।
बालेन शाहको फेसबुक पेज बाट।

