काठमाडौं : स्थानीय तहको निर्वाचनको अन्तिम समयका विषयमा साझा धारणा तय गर्न सत्तारुढ पाँच दलीय गठबन्धनले कानुनविद्हरुसँग छलफल गर्ने भएको छ।
गठबन्धनले आइतबार अपरान्ह ४ बजे कानुनविद्हरुसँग छलफल गर्न लागेको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने उक्त छलफलमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको पनि सहभागिता हुने बताइएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार निर्वाचनबारे छलफल गर्न अपरान्ह ४ बजे बालुवाटारमा कानुनविद्सहित गठबन्धनको छलफल राखिएको हो। कानुनविद्हरुसँगको छलफलपछि गठबन्धनले साझा धारणा तय गर्ने छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *