काठमाडौं : बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य ४ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतितोला ४ सयले बढ्दा छापावाल सुन आज ९२ हजार ४ सयमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ थियो।

महासंघका अनुसार तेजाबी सुनको मूल्य ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ। बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने स्थिर रहेकाले बिहीबार प्रतितोला १ हजार २५० मै कारोबार भइरहेको छ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *