काठमाडौं : आजदेखि लामो दूरीका सवारी साधनमा
अग्रिम टिकट बुकिङ खुला गरिएको छ। सरकारले सोमबारदेखि दसैँमा घर जानेहरूका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ ।यात्रुको चापलाई ख्याल गर्दै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ थप गरेको हो। टिकट बुकिङ दैनिक बिहान ७ बजेदेखि सुरु हुने बताइएको छ।
पहिले दसैँमा लगभग २५ लाख मानिसले काठमाडौं छोड्ने गर्थे। तर गत वर्ष जस्तै यसपटक पनि कोरोना महामारीका कारण अधिकांश मानिस पहिले नै घर फर्किसकेका छन् ।

