काठमाडौं : पेट्रोल र डिजलको मूल्य वृद्धि भएपश्चात्
सरकारले सार्वजनिक सवारी साधनमा नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ। यातायात व्यवस्था विभागले शुक्रबारदेखि देशभर नयाँ भाडादर कार्यान्वयमा आएको जनाएको छ।

यसअघि सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गर्ने गरिएको भए पनि यसपटक भाडा निर्धारण गर्दा अन्य सूचकलाई यथावत् राखी ‘क्याल्कुलेसन चार्ट’ मा इन्धनको सूचकलाई मात्र आधार मानी भाडा बढाइएको विभागले जनाएको छ।
यातायात व्यवस्था विभागले देशभरका कुल २८६ रुटको भाडादर समायोजन गरेको छ। यात्रुबहाक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारी साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरेको
विभागले जनाएको छ।

