काठमाडौं : आजदेखि कक्षा १२ को परीक्षाको सञ्चालन हुँदै छ। कोरोना सङ्क्रमणका कारण स्थगित भएको परीक्षा आज (बुधबार) देखि सुरु हुन लागेकाे हाे ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलका अनुसार विद्यार्थीले आ-आफ्नै विद्यालयबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ। सङ्क्रमण पुष्टि भएका विद्यार्थीहरूका हकमा भने पछि छुट्टै व्यवस्था गरिने भएको छ। त्यसका निम्ति सङ्क्रमित विद्यार्थीले आफू सङ्क्रमित भएको प्रमाणसहित जानकारी गराउनुपर्नेछ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *