काठमाडौं : आजदेखि कक्षा १२ को परीक्षाको सञ्चालन हुँदै छ। कोरोना सङ्क्रमणका कारण स्थगित भएको परीक्षा आज (बुधबार) देखि सुरु हुन लागेकाे हाे ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलका अनुसार विद्यार्थीले आ-आफ्नै विद्यालयबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ। सङ्क्रमण पुष्टि भएका विद्यार्थीहरूका हकमा भने पछि छुट्टै व्यवस्था गरिने भएको छ। त्यसका निम्ति सङ्क्रमित विद्यार्थीले आफू सङ्क्रमित भएको प्रमाणसहित जानकारी गराउनुपर्नेछ।

