gold

काठमाडौँ : बुधबार सुनको मूल्यमा वृद्धि भएको छ।
आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।मङ्गलबार छापावाला सुनको मूल्य तोलाको ९० हजार ६ सय रुपैयाँ थियो।

यसै गरी आज तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ। यसले गर्दा तेजाबी सुनको मूल्य बुधबार ९० हजार ७ सय रुपैयाँ कायम भएको छ।मङ्गलबार तेजाबी सुनको मूल्य तोलाको ९० हजार १ सय रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य भने स्थिर रही १२ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *