काठमाडौँ : माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी)ले दल दर्ताको प्रमाणपत्र पाएको छ। निर्वाचन आयोगले बुधबार नेकपा (एकीकृत समाजवादी) पार्टीलाई १६६ दर्ता नम्बर भएको प्रमाणपत्र उपलब्ध गराएको हो ।

अध्यक्ष माधवकुमार नेपाल रहेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)मा वरिष्ठ नेता झलनाथ खनाल, प्रदीप नेपाल, राजेन्द्र पाण्डेसहित एमालेका ५५ केन्द्रीय सदस्य र ३० सांसद रहेका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि माधव नेपाल र जसपाका नेता महन्थ ठाकुरले आआफ्नै नेतृत्वमा निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका हुन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *