एजेन्सी :
तालिबानका प्रवक्ता सहैल शाहीनले अमेरिकालगायत पश्चिमी देशहरुलाई अफगानिस्तान छाडेर जानका लागि दिइएको समयसीमा नबढाइने बताएका छन् ।

प्रवक्ता शाहीनका अनुसार ३१ अगष्टसम्म ती देशहरुलाई अफगानिस्तान छाड्न समयसीमा दिइएको छ।

अमेरिकाले उक्त मितिसम्ममा आफ्ना सेनाहरुलाई अफगानिस्तानबाट फिर्ता लगिसक्नुपर्ने छ। यदि त्यसो हुन नसके उनीहरुलाई अफगानिस्तानमा कब्जा गरिएको रुपमा हेरिने पनि प्रवक्ता शाहीनले बताएका छन् ।

उनले यस निर्णयविपरीत कुनै प्रयत्न भएमा त्यसको परिणाम भोग्न तयार रहन समेत चेतावनी दिएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *