logo

भक्तपुरको कटुञ्जे सामुदायिक अध्ययन केन्द्रले साबुन बनाउने तालिम सम्पन्न गरेको छ।अध्ययन केन्द्रले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जेका महिलाहरुलाई साबुन बनाउने तालिम दिएको हो।

दैनिक सरसफाइका लागि आवश्यक साबुन बनाउने सीप दिनका लागि केन्द्रले स्थानीय २५ महिलाहरुलाई सो तालिम दिएको केन्द्रका अध्यक्ष सीताराम खिउँजुले बताए। ‘महिलाहरुलाई विभिन्न सीप दिने केन्द्रको कार्यक्रम अनुसार हामीले सरसफाइमा सहयोग पुग्ने हेतुले यो तालिम दिएका हौं, अध्यक्ष खिउँजूले भने।

तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षक गीता दुवालले प्रशिक्षण दिएका थिए। सो प्रशिक्षणपछि महिलाहरुले आफ्नो लागि आवश्यक साबुन बनाउन सक्ने प्रशिक्षक दुवालले बताइन्। केन्द्रले अनौपचारिक शिक्षामा मात्र नभएर महिलाहरुको सशक्तिकरणका लागि पनि विभिन्न कार्यक्रम गर्दै आइरहेको केन्द्रकी उपाध्यक्ष रामप्यारी बखुन्छेंले बताइन्।स्रोत : नागरिक ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *