नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय युवा संघ नेपालले सरकारले ल्याएको दल विभाजन सम्बन्धी विधेयकविरुद्ध प्रदर्शन गरेको छ।

मंगलबार काठमाडौंको बानेश्वर चोकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर संगठन राष्ट्रिय युवासंघ नेपालले सरकारले ल्याएको पार्टी विभाजनसम्बन्धी विधेयकको विरोध प्रदर्शन गरेको हो। युवासंघ नेपालले नेकपा एमाले जिन्दावाद, मापसे सरकार मुर्दावाद, दल विभाजनसम्बन्धी विधेयक खारेज गर, विदेशी दलाल शेरबहादुर देउवा मुर्दावाद जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका हुन्।

युवा संघले प्रदर्शनको क्रममा प्रहरीमाथि ढुङ्गामुढा समेत गरेको थियो। सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याए दल विभाजन गर्न सक्ने गरी राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याएको थियो।स्रोत: नागरिक समाचार ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *