एजेन्सी :
अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी पछिल्लो २४ घण्टामा भएका घटनामा ३८५ तालिबान विद्रोही मारिएका छन् भने २१० जना घाइते भएका छन्।

रक्षा मन्त्रालयका अधिकारीले घटनाबारे जानकारी दिँदै देशका विभिन्न ठाउँमा भएका घटनामा सुरक्षाकर्मीलाई ठूलो सफलता मिलेको जनाएका छन् ।

तालिबान विद्रोहीले देशका विभिन्न स्थानलाई नियन्त्रणमा लिएको घोषणा गर्न थालेपछि अफगान सुरक्षाकर्मीले पनि सुरक्षा कारबाही बढाएका हुन् ।

केही समययता अफगानिस्ताननमा सुरक्षाकर्मीको कारबाहीमा परी मृत्यु हुनेको सङ्ख्या वृद्धि हुने क्रममा देेखिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *