स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्ममा १ करोड ५ लाख खोप उपलब्ध हुने बताएका छन्। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा राज्यमन्त्री श्रेष्ठले जापानबाट ८ लाख र भुटानबाट ३ लाख खोप आइतबारसम्ममा आउने जानकारी दिँदै साे बारे बताएका हुन्।

यसैगरि, साउन २५ गतेदेखि ३२ गतेसम्म खोप सप्ताह मनाइने पनि राज्यमन्त्री श्रेष्ठले बताए। व्यवस्थापन पक्षलाई ध्यान दिँदै काठमाडौंमा १५० खोपकेन्द्र, ललितपुरमा ७७ र भक्तपुरमा ३८ खोपकेन्द्र पुर्‍याइएको पनि उनले उल्लेख गरे। जनगुनासोलाई सम्बोधन गर्दै सबै जिल्लाबाट क्यू आर कोडसहित सर्टिफिकेट दिने व्यवस्था मिलाइएको पनि उनले बताए।

यसैगरि, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले अबको पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ नयाँ संक्रमित थपिने सम्भावना रहेको बताए। त्यसमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्नसक्ने सम्भावना रहेको उनले उल्लेख गरे।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *