साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला ५ सयले घटेको हो।

गत हप्ता आइतबार १ सयले घटेको थियो। सोमबार १ सयले बढेको थियो। यस्तै मंगलबार ३ सयले घटेको थियो भने बुधबार ३ सयले नै बढेको थियो। बिहीबार ३ सयले बढेको सुन शुक्रबार ५ सयले बढेको थियो।
आज छापावाला सुनको प्रतितोला ९२ हजार ४ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ९ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यता चाँदीको मूल्य भने आज स्थिर छ। चाँदी आज एक हजार २८५ मा कारोबार भइरहेको छ।

