साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि गिरावट आएको छ।

यस दिन नेप्से परिसूचक १५.११ अंक घटेर ३०७९.८३ विन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन नेप्से १५.३० अंक बढेर हालसम्मकै उच्च विन्दु ३०९४.९५ विन्दुमा पुगेको थियो। नयाँ उचाइमा पुगेको नेप्से यस दिन सामान्य करेक्सन भएको हो।

यस दिन कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो कारोबार दिन १३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २१७ कम्पनीको १ लाख ६ हजार ६८२ पटकको कारोबारमा १० अर्ब ९० करोड ५८ लाख ३० हजार रुपैयाँ बराबरको २ करोड ६० लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागेपनि यस दिन रिडी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयर यस दिन ६६ रुपैयाँ बढेर ७२९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यसै दिनदेखि कारोबारमा आएको जीवन विकास लघुवित्तको शेयरमूल्य ८.२२ प्रतिशत बढेर ९८९ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ।

यस दिन गुडविल फाइनान्सको शेयरमूल्य सर्वाधिक ७.२१ प्रतिशत घटेको छ। त्यस्तै, माउन्टेन हाइड्रोको शेयरमूल्य ६.८४ प्रतिशत र जानकी फाइनान्सको ५.५० प्रतिशत घटेको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१७ प्रतिशत र विकास बैंकको १.१ प्रतिशत घटेको छ। यता वित्त उपसमूहको परिसूचक सर्वाधिक १.९६ प्रतिशत घटेको छ भने लगानी उपसमूहको १.१९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ३३ करोड भन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको २९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *