साताको चौथो दिन आज सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ३ सयले बढेको हो। आइतबार १ सयले घटेको थियो। सोमबार १ सयले बढेको थियो। यस्तै मंगलबार ३ सयले घटेको थियो ।

गत हप्ता आइतबार ६ सयले घटेको थियो। सोमबार २ सयले बढेको थियो भने मंगलबार ४ सयले बढेको थियो। यस्तै बुधबार सुन सात सयले नै घटेको थियो। बिहीबार पनि ७ सयले नै घटेको थियो भने शुक्रबार ३ सयले बढेको थियो ।
आज छापावाला सुनको प्रतितोला ९२ हजार १ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ६ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यता चाँदीको मूल्य भने आज १५ रुपैयाँले घटेको छ। चाँदी आज एक हजार २५५ मा कारोबार भइरहेको छ।

