काठमाडौं : अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिंकेनले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका छन् ।

विदेशमन्त्री ब्लिंकेनले मङ्गलबार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका हुन् ।

अमेरिकी राजदूतावासले आफ्नो वेबसाइटमार्फत प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच वार्ता भएको जनाएको हो ।

संवादका क्रममा नेपाल र अमेरिकाबीच आपसी हितका विषयमा कुराकानी भएको अमेरिकी दूतावासले जनाएको छ ।

अमेरिकाले नेपाललाई उपलब्ध गराएको १५ लाख डोज खोप र मौसम परिवर्तनबारे पनि संवाद भएको जनाइएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *