काठमाडौं : बुधबार(आज)देशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो, कर्णाली र सुदूर पश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना छ। अन्य भेगका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा भने भीषण वर्षा हुनेछ।

राती, कर्णाली र सुदूर पश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा पनि भीषण वर्षाको सम्भावना रहेको,    महाशाखाले जनाएको छ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *