logo

काठमाडौं । सरकारले वृद्धवृद्धाको ‘सामाजिक सुरक्षा’का लागि भत्ता दिँदै आएको छ। समयानुकूल बढाउँदै पनि लगेको छ। तर, त्यही भत्ता लिन बैंक पुग्दा कतिपय बुवा–आमाले भोग्ने सास्ती भने देखेको छैन।

गाउँतिर बैंक टाढा हुन्छ। हिँडेर जानुपर्छ। सबैको लिने याम एउटै हुन्छ। बैंक गयो, भीड हुन्छ। कोरोनाको यस्तो महामारीमा ठेलमठेल चल्छ। कसरी जोगिने, त्राहिमाम हुन्छ।

मकवानपुरको राक्सिराङ–७ काँकडाकी पातलीमाया चेपाङले गत कात्तिक पहिलो साता तीन दिन बैंकमा लाम लागेर भत्ता बुझिन्। उनी त्यसपछि भत्ता लिन गाउँपालिका केन्द्र चैनपुरस्थित बैंकमा गएकी छैनन्। काँकडास्थित गाईबाङबाट चितवनको भण्डारा हुँदै मकवानपुरकै मनहरी बजारबाट चैनपुर पुग्नुपर्छ।

तत्कालीन गाविस सचिवले घर–घरमा गएर भत्ता वितरण गर्दै आएका थिए। तर, नगद वितरण गर्दा सम्बन्धित व्यक्तिको हातमा नपरेको गुनासो बढेको भन्दै सरकारले बैंकमार्फत मात्र भत्ता दिने निर्णय गरेको हो। ‘पहिला नै सजिलो थियो। अहिले गाउँपालिका भएसी हामीले धेरै दुःख पायौं’, राक्सिराङ–१ भाबरकी ७७ वर्षीया ठूलीमाया मोक्तान भन्छिन्, ‘मर्ने बेला सरकारले दुःख दियो।’

गाउँपालिकाले बैंकलाई गाउँ–गाउँमा गएर भत्ता वितरण गर्न प्रस्ताव गरे पनि सम्भव नभएपछि यस्तो समस्या आएको अध्यक्ष राजकुमार मल्ल बताउँछन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *