काठमाडौं :आजदेखि काठमाडौंमा कोभिड विरुद्धको अमेरिकी खोप लगाइने भएको छ । अमेरिकी खोप निर्माता कम्पनी जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको जेन्सन खोप लगाइने भएको हो।

विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा मार्फत अमेरिकाले नेपाललाई यो खोप उपलब्ध गराएको हो । आजबाट यो खोप लगाउन ४४ वटा खोप केन्द्र तोकिएका छन् ।

अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० डोज खोप उपलब्ध गराएको थियो । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाउने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।

पूर्ण र अति अशक्त अपांगता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीले समेत यो खोप लगाउन पाउने छन् ।

यो जोन्सन खोप एक मात्रा लगाए पुग्ने बताइएको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *