gold

साताको दोस्रो दिन आज सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला २ सयले बढेको हो । आइतबार ६ सयले घटेको थियो।

गत हप्ता आइतबार सुन स्थिर थियो भने सोमबार २ सयले घटेको थियो। मंगलबार २ सयले बढेको थियो। यस्तै बुधबार ३ सयले बढ्दा बिहीबार ५ सयले बढेको थियो। शुक्रबार स्थिर थियो।

आज छापावाला सुनको प्रतितोला ९२ हजार ८ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९२ हजार ३ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ। चाँदी आज एक हजार २९० मा कारोबार भइरहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *