लोकप्रिय अभिनेत्री पल्पसा डंगोल ‘चम्सुरी’को किड्नीमा गम्भीर समस्या भएर हाल उपचाररत छिन्। दुवै किड्नीमा समस्या देखिएपछि उनी विगत तीन सातादेखि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार गराइरहेकी छिन्।

अभिनेत्री डंगोलको अहिले तेस्रो पटक डाइलासिस गरिएको छ।डाक्टरहरुले दिएको सल्लाह अनुसार उनको ‘किड्नी ट्रान्सप्लान्ट नै गर्नु पर्ने अवस्था छ।विगत १५ वर्षदेखि किड्नीको समस्याबाट पीडित चम्सुरीले रोग लुकाउँदै आएकी थिइन्।

तर तीन साताअघि फोक्सोमा समस्या भएर सास फेर्नै नसकिने भएपछि उनी अस्पताल भर्ना भएकी हुन्। त्यसपछि मात्र दुवै मृगौलाले काम गर्न छाडेको पत्ता लागेको हो।

अभिनेत्री डंगोलले शनिबार आफ्नो स्वास्थ्यबारे अभिनेत्री दीपाश्री निरौलालाई पहिलो पटक एसएमएसमार्फत जानकारी गराएकी थिइन्। हाल विभिन्न कलाकारहरुले उनलाई फोन र सामाजिक संजालमार्फत स्वास्थ्यलाभको कामना गरिरहेका छन्।चम्सुरीको उपचार टिचिङ हस्पिटलको ३०५ नम्बर बेड भइरहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *