काठमाडौं : नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ ग्रहण राष्ट्रपति भवन शीतल निवासमा नभई सर्वोच्च अदालतमा हुन लागेको छ।

गत वैशाखमा राष्ट्रपति कार्यालयले राष्ट्रपतिले गराउने बाहेकका शपथ सर्वोच्च अदालतमै गराउन पत्र लेखेअनुसार नवनियुक्त महान्यायाधिवक्ता खातीको शपथ ग्रहण कार्यक्रम सर्वोच्चमा हुन लागेको हो ।
अहिले सर्वोच्च अदालतमा शपथ ग्रहणको तयारी भइरहेको स्रोतले बताएको छ।
केही बेरमा प्रधानन्यायाधीश जबराले नवनियुक्त महान्यायाधिवक्ता खातीलाई शपथ ग्रहण गराउँदै छन्।
यसअघि महान्यायाधिवक्ताको शपथ ग्रहण शीतलनिवासमा राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने गरेका थिए।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा खाती महान्यायाधिवक्तामा बिहीबार नियुक्त भएका हुन्।

