भारतकी प्रसिद्ध अभिनेत्री सुरेखा सिकरीको निधन भएको छ ।आज(शुक्रबार) बिहान ७५ वर्षको उमेरमा उनको हृदयघातबाट निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सिकरी केही महिनादेखि बिरामी थिइन् । गत साल उनलाई मस्तिष्कघात पनि भएको थियो ।तीन पटक राष्ट्रिय पुरस्कार जितेकी सिकरीले सन् १९७८ मा ‘कुर्सी से अपने’ फिल्मबाट करिअरको सुरुवात गरेकी थिइन् ।
‘तमस’, ‘मम्मो’ र ‘और बधाई हो’ फिल्ममा उनले सहायक अभिनेत्रीको विधामा राष्ट्रिय पुरस्कार प्राप्त गरेकी थिइन् ।

