भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप ४१ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४१ हजार ५०६ जना संक्रमित भएका हुन् ।

संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ थपिएकासँगै भारतमा अहिले संक्रमित अवस्थामै रहेका संक्रमितहरुको संख्या चार लाख ५४ हजार ११८ रहेको छ । अहिले संक्रमित अवस्थामै रहेकाको संख्या कुल संक्रमितहरुको संख्याको १.४७ प्रतिशत रहेको पनि मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् । भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा थप ८९५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या चार लाख आठ हजार ४० पुगेको छ ।

कोरोनाभाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरुको संख्या भारतमा दुई करोड ९९ लाख ७५ हजार ६४ पुगेको छ । तीमध्ये पछिल्लो एक दिनमा ४५ हजार २५४ जना संक्रमणमुक्त भएका छन् । भारतमा कोरोनाभाइरसबाट कुल संक्रमितमध्ये अहिलेसम्म ९७.२० प्रतिशत संक्रमण मुक्त भएको पाइएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *