एजेन्सी :
अफगानिस्तानमा शुक्रबार भएको घटनामा परी कम्तीमा १०९ जना तालिबान लडाकुहरू मारिएका छन् भने २५ जना घाइते भएका छन्

देशको दक्षिणी कान्दहार र हेल्मन्द प्रान्तमा घटना भएको जानकारी दिँदै अधिकारीहरूले उक्त विवरण दिएका हुन्।

मृत्यु भएका मध्ये ७० जनाको कान्दहर प्रान्तमा मृत्यु भएको हो । सो घटनामा अरू आठजना घाइते भएका थिए ।

शुक्रबार बिहान लडाकुहरुले सुरक्षा कार्यालयमा आक्रमण गरेपछि घटना भएको र जवाफी कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, हेल्मन्द प्रान्तमा भएको घटनामा परी ३९ लडाकुको मृत्यु भएको छ भने अरु १७ जना घाइते भएका छन् ।

अफगानिस्तानमा लामो समयदेखि हिंसात्मक द्वन्द्व भइरहेको छ । लगातारका ठूला–ठूला हिंसात्मक घटनाहरुका कारण अहिलेसम्म हजारौँको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । त्यसैगरी, लाखौँ अफगानीहरु विस्थापित भएका छन् ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *