[प्रतीकात्मक तस्बिर]

एजेन्सी:
बंलादेशको एक कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ ।

बंगलादेशको राजधानी सहर ढाकाबाट २५ किलोमिटरको दुरीमा रहेको औद्योगिक सहर रुपगञ्जस्थित हसन फुड एण्ड बेभरिज फ्याक्ट्रीमा बिहीबार साँझबाट आगलागी सुरु भएको हो ।

उक्त आगलागी अझै नियन्त्रणमा आइसकेको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कारखानामा आगलागी भएसँगै कारखानामा काम गरिरहेका कर्मचारीहरु माथिल्लो तलाबाट हाम फलेका थिए ।

प्रहरीकाअनुसार फ्याक्ट्रीमा बिहीबार उक्त आगलागी भएको हो । ‘एकपटक आगो नियन्त्रणमा आएपछि हामी कारखानाभित्र खोजी र उद्धाकार्य सुरु गर्न सक्छौं । त्यसपछि मात्र हामी हताहतीको विषयमा जानकारी दिन सक्छौं’, अग्नि नियन्त्रण सेवाका प्रवक्ता देवाशिष बरधानले बताए ।

कम्तीमा ३० जना मानिसहरु आगलागीमा परी घाइते भएका छन् । प्रहरीले सुरुमा यो आगलागीमा परी तीनजनाको मृत्यु भएको बताएको थियो । तर, आगलागी बढेर माथिल्लो तलामा पुगेसँगै मृत्यु हुनेको संख्या उल्लेख्य रूपमा बढेको थियो ।

 

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *