सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले Easy bank नामको अनलाइन प्लाटर्फम सार्वजनिक गरेको छ । यस Easy bank प्लाटफर्म सिद्धार्थ बैंकको आधिकारिक

वेबसाइट https://www.siddharthabank.com मा गइ वा सोझै https://easybank.siddharthabank.com लिंकमार्फत ग्राहकले प्रयोग गर्न सक्नेछन् ।

यस प्लाटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधा एकै ठाउँमा संकलित गरिएको छ जसले गर्दा ग्राहकले प्रयोग गर्न चाहेका डिजिटल सुविधा सहजताका साथ छनौट गर्न सक्नेछन् । हाल Easy Bank प्रयोग गरी ग्राहकले अनलाइनबाट खाता खोल्न, डेबिट वा क्रेडिट कार्डका लागि आवेदन दिन सकिने तथा आफ्नो CRN नं हेर्न सक्नेछन् ।

Easy Bank सेवा जुनसुकै समय र स्थानबाट प्रयोग गर्न सकिने हुनाले अहिलेको कोभिड-१९ को महामारीको अवस्थामा ग्राहक सुरक्षाको दृष्टिकोणले अझ बढी लाभदायक रहेने बैंकको विश्वास रहेको छ ।

डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने लक्ष्य लिइ बैंकले आगामी दिनमा प्लाटफर्ममा अरु पनि बैंकिङ सेवा थप गर्ने जनाएको छ । यस प्लाटफर्मलाई अझ बढी प्रभावकारी र प्रविधिमैत्री बनाउँदै लैजाने पनि बैंकको उद्देश्य रहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *