कोरोनाको दोस्रो लहरका लागि जिम्मेवार मानिएको डेल्टा भेरियण्टको उत्परिवर्तन डेल्टा प्लसले तेस्रो लहर ल्याउने आशंका गर्न थालिएको छ । भारतपछि डेल्टा प्लसको असर अहिले बंगलादेशमा देखिन थालेको छ । दोस्रो लहरझैँ सर्वत्र मानवीय क्षति पुर्याउन सक्ने आशंका गर्दै बंगलादेशले एक साता लामो कडा निषेधाज्ञा जारी गरेको छ ।

डेल्टा प्लसकै कारण कोरोनाको तेस्रो लहर आउने कुनै प्रमाण नभेटिएको जनस्वास्थ्यविद्हरुले बताएका छन्।तर बंगलादेशमा भने उच्च सतर्कता अपनाउँदै निषेधाज्ञा जारी गरिएको छ ।
डेल्टा प्लस नेपालमा समेत भेटिएको ए वाई १ भेरियण्ट हो । डेल्टा प्लस भनिएको नयाँ भेरियण्टले अहिले विश्वभर लगाइएको कोरोनाविरुद्धको खोपलाई निष्प्रभावी बनाउने चिन्ता बढेको छ । उता भारत सरकारले डेल्टा प्लसलाई ‘चिन्ताको भेरियण्ट’ भनेर जनस्वास्थ्यमा दखल पुर्याउन सक्ने जोखिमयुक्त भाइरसहरुको सूचीमा राखिसकेको छ ।

