स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८४ हजार ३३४ पुगेको छ।

नेपालमा आज १ हजार ९२० जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ५६७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ३६३ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ६ लाख ३३ हजार ६७९ं जना पुगेको छ।

आज ३४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ।

आज ९ हजार ८३६ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३३ लाख २३ हजार ३९ जनाको पीसीआर र १ लाख ७४ हजार ९४९ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

आज काठमाडौं उपत्यकामा ४२४ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २९२, भक्तपुरमा ३२ र ललितपुरमा १०० जना रहेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *