नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताको लागि निःशुल्क अनलाइन डिम्याट तथा मेरो सेयर खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले चालु आर्थिक वर्षको असार  मसान्तसम्मको लागि मात्र निःशुल्क अनलाइन डिम्याट तथा मेरो सेयर खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको हो ।

यस सुविधा ल्याएसँगै कोभिड-१९ को संक्रमण दोश्रो चरणमा प्रवेश गरेको अवस्थामा डिम्याट खाता खोल्नको लागि कम्पनीमा धाउनुपर्ने बाध्याताबाट मुक्त हुने बैंकले विश्वास लिएको छ । प्राथमिक सेयरको आवेदन भर्नका लागि डिम्याट खाता अनिवार्य रुपमा आवश्यकता पर्ने भएकोले प्राथमिक निष्काशनमा लगानी गर्न चाहने लगानीकर्ताको लागि यो सेवा निकै नै फलदायी हुने बैंकले जनाएको छ ।

सेवाग्राहीले सहज, छिटो तथा छरितो तरिकाले डिम्याट खाता खोल्न सकुन् भन्ने उद्देश्यले यस कम्पनीले अनलाइनबाट नै डिम्याट खाता खोल्ने व्यवस्था मिलाएको हो । जसका लागि खाता खोल्न चाहने व्यक्तिले नबिल इन्भेष्टमेण्ट बैंकिङको वेबसाईट http://www.nabilinvest.com.np मा गई अनलाइन डिम्याट भित्र http://onlinedemat.nabilinvest.com.np  मा क्लिक गरी खाता खोल्न सकिने व्यवस्था मिलाइएको बैंकले जानकारी गरेको छ । ग्राहकको सम्पूर्ण जानकारी रेफरेन्स नम्बरबाट खोज्न सकिने भएकोले यसरी खाता खोलेपछि प्राप्त हुने रेफरेन्स नम्बर खातावालाले सुरक्षित राख्नु पर्नेछ । यसरी आफूले अनलाइनबाट डिम्याट खाताको लागि अनुरोध गरेको केही समयभित्र ग्राहकलाई खाता नम्बर उपलब्ध गराईनेछ । यसरी प्राप्त हुने निःशुल्क डिम्याट सेवा केवल अनलाइनबाट खाता खोल्नेको लागि मात्र लागु हुनेछ ।

लगानीकर्ता उद्यमीको हितलाई ध्यानमा राखी राष्ट्रकै अग्रगामी तथा प्रगतिशिल इन्भेष्टमेण्ट बैंकिङ सुविधा नबिल इन्भेष्टले पछिल्ला दिनमा सञ्चालनमा ल्याउँदै आएको छ । जसमा लगानी तथा प्राइभेट ईक्विटी परामर्श, विजनेश क्लिनिक, सम्भाव्यता अध्ययन, उद्यमी र लगानीकर्तालाई जोड्ने र सहज र छिटो बैक कर्जा उपलब्ध गराउने उपायसहित बुक बिल्डिङ प्रविधिबाट निष्काशन तथा बिक्रीप्रबन्धको कार्य गर्ने तथा सेयर रजिष्ट्रार सेवासहित एकै छानामुनी सबै आर्थिक तथा वित्तीय समाधान पर्दछन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *