काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।

भेरोसेल खोप पहिलो डोज लगाएकाहरूलाई दोस्रो खोप लगाउने अभियान असार २१ देखि सञ्चालन हुन लागेको हो ।
कोभिड-१९ रोगको रोकथाम र नियन्त्रण गर्नका लागि नेपाल सरकारको नीति तथा निर्णयअनुसार २०७७ साल माघ १४ गते खोप अभियान नेपालमा सुरु भएको हो। ०७८ जेष्ठ २५ गते देखि भेरोसेल खोपको पहिलो मात्रा दिइएको थियो। उक्त खोप लगाएको २१ देखि २८ दिन पछि दोस्रो खोप लगाउने निर्णयअनुसार यो अभियान सुरु गर्न लागिएको छ।
पहिलो चरणको खोप कार्डको आधारमा आफूलाई सहज पर्ने स्थानमा दोस्रो डोज खोप लगाउन पाइने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले ७७ वटै जिल्ला कार्यालयलाई सकेसम्म छोटो अवधिमा खोप अभियान सम्पन्न गर्न निर्देशन दिएको छ।

