साताको अन्तिम दिन आज सुनको मूल्य स्थिर छ। यस हप्ता आइतबार ८ सयले घटेको थियो। सोमबार ४ सयले बढेको थियो भने मंगलबार ६ सयले बढेको थियो। बुधबार सुन ३ सयले घटेको थियो। यस्तै बिहीबार २ सयले घटेको सुन आज भने स्थिर छ।

गत हप्ता आइतबार ६ सयले घटेको थियो। सोमबार सुन ७ सयले घटेको थियो। मंगलबार स्थिर रहेको थियो। बुधबार १ सयले घटेको थियो। बिहीबार ११ सयले घटेको थियो। शुक्रबार १२ सयले घटेको थियो। यो हप्ताभरि सुनको मूल्य ओरालो लागिरह्यो ।
आज छापावाला सुनको प्रतितोला ९० हजार ५ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यता चाँदीको मूल्य भने आज ५ रुपैयाँले बढेको छ। चाँदी आज एक हजार ३०० मा कारोबार भइरहेको छ।

