स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ।

नेपालमा आज २ हजार ४०१ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ७१३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ५७ हजार ६१८ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ६ लाख १९ हजार ६३५ जना पुगेको छ।

आज ३४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ६७५ पुगेको छ।

आज ११ हजार ६९६ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३२ लाख ६२ हजार ५८९ जनाको पीसीआर र १ लाख ३८ हजार ३१३ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *