काठमाडौं : बाढी पहिरोका कारण देशका विभिन्न स्थानमा बिहीबार साँझसम्ममा ११ जनाको मृत्यु भएको सरकारले जनाएको छ।

गत जेठ २८ गते मनसुन प्रवेशपछि आएको बाढी पहिरोका कारण २५ जना बेपत्ता र ११ जना घाइते भएको, सरकारी तथ्याङ्क रहेको छ।

गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार साँझ अद्यावधिक गरेको विवरणअनुसार सिन्धुपाल्चोकमा मात्रै ३ जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकमा मृत्यु भएकामा दुई चिनियाँ र एक भारतीय नागरिक हुन्।

साथै ,बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची, काभ्रे र कास्कीमा एक-एक जनाको मृत्यु भएको छ।

सिन्धुपाल्चोकमा मात्रै १५ जना बेपत्ता भएको, प्राधिकरणको विवरणमा उल्लेख छ।

बेपत्ता हुनेहरुमा जाजरकोटका ७ जना, रुपन्देही, बाजुरा र प्युठानका एक–एक जना छन्।
साथै,घाइते हुनेहरूमा सिन्धुपाल्चोकमा ६, डोटी र जुम्लामा २–२ जना र स्याङ्जामा एक जना रहेका छन्।

सिन्धुपाल्चोकलगायत प्रभावित जिल्लामा उद्धार र राहत वितरण जारी रहेको जनाइएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *