काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीले निकै ठुलो धनजनको क्षति भएको छ । चार दर्जन बढी मानिसहरु बेपत्ता भएका छन् । अर्बौको धनमाल क्षति भएको छ ।

मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाउनुको साथै नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल सम्पूर्ण रुपमा बगाएको र नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पुर्‍याएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

उद्धार तथा राहतका लागि सरकारी टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *