hatya

अफगानिस्तानको पूर्वी क्षेत्रमा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्दा चार जना मारिएका छन् । नांगारहार क्षेत्रस्थित पोलियो थोपा अभियानका स्वास्थ्यकर्मीमाथि लक्षित गर्दै मङ्गलबार आक्रमण भएको हो ।

तीन महिनाको अवधिमा खोपका कर्मचारीहरुमाथिको यो दोस्रो आक्रमण हो। सरकारी अधिकारीहरुले भने यस घटनालाई तालिबान आक्रमण भन्दै आरोप लगाएका छन् । तर तालिबान समूहले यस आक्रमण आफूले गरेको कुरा अस्वीकार गरेको छ ।

अफगानिस्तान, पाकिस्तान लगायत छिमेकी देशमा पोलियो तथा अन्य विभिन्न खोप अभियान सञ्चालनमा भए पनि ती देशमा यस्ता खोपबारे अनेक अफवाह समेत फैलाइएका छन् ।

मङ्गलबार खग्यानी जिल्लामा भएको आक्रमणको क्रममा दुई खोप कर्ताहरु मारिनुका साथै एक जना घाइते छन् । जबकि दुई जना सुर्खोड क्षेत्रमा मारिएका थिए ।

यस्तै प्रान्तीय राजधानी जलालवादमा तीन जना खोपकर्ता घाइते भएका छन् । नांग्रहार प्रान्तमा पोलियो खोपकर्मीहरुमाथि बारम्बार आक्रमण भएपछि उनीहरुलाई त्यस क्षेत्रमा जानबाट रोकेको पनि सरकारी अधिकारीले बताएका छन् ।

जलालबादमा तीनजना पोलियो कर्मीहरु मारिएको तीन महिना नपुग्दै यस्तो हमला भएको हो । अफगानिस्तानका विभिन्न स्थानमा पोलियो कर्मीहरुमाथि बारम्बार यस्ता आक्रमण हुने गरेका छन् । तर अफगान सरकार र अमेरिकी अधिकारीले भने यस्ता हमलामा तालिबानलाई जिम्मेवार भन्दै आरोप लगाउने गरेका छन् ।
-अन्नपूर्ण पोस्टबाट

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *