साताको दोस्रो दिन आज पनि सुनको मूल्य घटेको छ। सुन आज ७ सयले घटेको हो। आइतबार ६ सयले घटेको थियो ।

गत हप्ता आइतबार ७ सयले बढेको थियो। सोमबार ३ सयले घटेको थियो। मंगलबार ३ सयले नै बढेको थियो भने सुन बुधबार १ सयले बढेको थियो। बिहीबार ३ सयले घटेको भएपनि शुक्रबार ६ सयले बढेको थियो ।
आज छापावाला सुनको प्रतितोला ९३ हजार २ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९२ हजार ७ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यता चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ। चाँदी आज एक हजार ३६५ मा कारोबार भइरहेको छ।

