blood testFILE - Test tube with Corona virus name label is seen in this illustration taken on January 29, 2020. Photo: Reuters

काठमाडौँ उपत्यकामा आज ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौँमा ३९६ जना, भक्तपुरमा ६६ र ललितपुरमा १४५ जना संक्रमित थपिएका हुन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ।

नेपालमा आज २ हजार ९१८ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८६९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ६ लाख ५ हजार ८०४ जना पुगेको छ।

आज ५३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ४६५ पुगेको छ।

आज १४ हजार ८१९ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३२ लाख २४ हजार १६३ जनाको पीसीआर र १ लाख १३ हजार २१० जनाको एन्टीजेन परीक्षण गरिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *