भारतको उत्तर प्रदेशमा गए राति बस र लोडर ठोक्किएर भएको दुर्घटनामा १७ जनाको ज्यान गएको छ । उत्तर प्रदेश राज्यकाे कानपुरमा सो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

लखनउबाट दिल्लीका लागि छुटेको बससँग लोडर ठोक्किँदा १० जनाभन्दा धेरै घाइते भएका छन्। उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । ज्यान गुमाउनेमा धेरैजसो बिस्कुट फ्याक्ट्रिमा काम गर्ने मजदुर रहेका छन् । उनीहरु लोडरमा सवार रहेका भारतीय प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रदेश सरकारले दुई-दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ज्यान गुमाएकाका प्रति परिवारलाई दुई-दुई लाख रुपैयाँ दिने र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *