काठमाडौं, जेठ २० गते । भारतमा कोरोनाभाइरसबाट एकैदिन दुई हजार ८८७ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसबाट दैनिक थपिने सङ्क्रमितको संख्यामा उल्लेख्य कमी आएपनि मृत्युको घटनामा भने एक हजारले घटेको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दत्र्ता गरिएको मृत्युको घटनापछि हालसम्म तीन लाख ३७ हजार ९८९ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा एक लाख ३४ हजार १५४ जना सङ्क्रमित थपिएका छन् । २१ लाख ५९ हजार ८७३ नमूना परीक्षण गर्दा एक लाख ३४ हजारमा सङ्क्रमणको पुष्टि भएको हो ।
थपिएका सङ्क्रमितसँगै भारतमा कुल सङ्क्रमितको संख्या दुई करोड ८४ लाख ४१ ह्जार ९८६ पुगेको छ । भारतमा हाल १७ लाख १३ हजार ४१३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
सङ्क्रमण दर बुधबारको अपेक्षा दुई प्रतिशतले कमी आएको छ । बिहीबार प्रति एक सय नमूना परीक्षणमा हाल ६.२१ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
पछिल्लो चौबीस घण्टामा दुई लाख ११ हजार ४९९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ६३ लाख ९० हजार ५८४ सङ्क्रमित निको भएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म २२ करोड १० लाख ४३ हजार ६९३ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *