बीबीसी:
चीनमा एक ४१ वर्षीय पुरुष बर्ड फ्लूको एउटा दुर्लभ प्रकारबाट सङ्क्रमित भएको पुष्टि भएको छ। चराचुरुङ्गीबाट उक्त भाइरस सरेको पुष्टि हुने उनी पहिलो मानिस भएको बताइएको छ।

अधिकारीहरूले उनलाई कसरी सङ्क्रमण सर्‍यो भन्ने विषयबारे विस्तृत विवरण दिएका छैनन्। तर H10N3 (एच१०एन३) नाम दिइएको उक्त प्रकारको भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने विश्वास गरिन्छ।

ती व्यक्ति जाङ्सू प्रान्तका निवासी भएको र उनमा बर्ड फ्लू सङ्क्रमण भएको गत साता निदान गरिएको थियो।तर अहिले उनी निको भएर घर फर्किसकेको बताइएको छ।

बर्ड फ्लूका अनेक प्रकार छन्। कुखुरा पालन गर्ने मानिसमा बर्ड फ्लू सरेको घटना यदाकदा सुनिन्छ।तर कन्ट्याक्ट ट्रेसिङ गर्दा ती व्यक्तिको संसर्गमा आएका अरू मानिसमा बर्ड फ्लू देखिएन।

बेइजिङस्थित राष्ट्रिय स्वास्थ्य आयोग (एचएचसी)ले मङ्गलबार बताएअनुसार सङ्क्रमित व्यक्तिलाई गत एप्रिल २८ मा अस्पताल भर्ना गरिएको थियो। त्यसको एक महिनापछि उनमा बर्ड फ्लू गराउने भाइरसको H10N3 प्रकारबाट सङ्क्रमण भएको पुष्टि भयो।

“विश्वमा कुनै मानिसमा पनि H10N3 को सङ्क्रमण भेटिएको थिएन। यो पक्षीबाट मानिसमा सरेको विरल सङ्क्रमण हो। यो ठूलो मात्रामा फैलिने जोखिम अत्यन्त न्यून छ,” एचएचसीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले भनेको छ।

एनएचसीका अनुसार H10N3 भाइरसले पालिएका पक्षीमा गम्भीर रोग लगाउँदैन र यो चाँडै फैलिन पनि सक्दैन।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *