एजेन्सी : अष्ट्रेलियाले सन् २०२२ को मध्यभन्दा अघि आफ्नो अन्तर्राष्ट्रिय सीमा नखुल्ने दोहोर्‍याएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले आफूहरुले स्वास्थ्यसम्बन्धी सुझावअनुसार नै यो निर्णय गरेको बताएका छन् । पछिल्लो समय अष्ट्रेलियामाथि अन्तर्राष्ट्रिय सीमा खोल्न दबाव बढेको छ ।

सन् २०२० को मार्चमा अष्ट्रेलियाले आफ्नो सीमा अन्य मुलुकका र अष्ट्रेलियामा स्थायी बसोबासको अनुमति नपाएका नागरिकको लागि बन्द गरेको थियो । त्यसयता निकै कम मानिसहरू मात्र अष्ट्रेलियामा प्रवेश पाएका छन् । जसमा धेरैजसो अन्य मुलुकमा रहेका अष्ट्रेलियाका नागरिक छन् ।

अष्ट्रेलियाका अर्थमन्त्री जोस फ्रिडेनबर्गले स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा अन्तर्राष्ट्रिय सीमा बन्द राख्न दिइएको स्वास्थ्य सुझावले अष्ट्रेलिया अहिले विश्वभर देखिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट बचेको बताएका छन् ।

यस वर्षको अन्तिमसम्ममा आफ्ना सबै नागरिकलाई कोरोना खोप लगाउने अष्ट्रेलियाको तयारी छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *