भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । सोमबार रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्ष बर्द्धनले २–डिजी नामको औषधि सार्वजनिक गरेका हुन् ।


Bishow News-सत्य तथ्य सामाचार
भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । सोमबार रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्ष बर्द्धनले २–डिजी नामको औषधि सार्वजनिक गरेका हुन् ।

रक्षामन्त्री सिंहले यो औषधि कोरोना संक्रमित विरामीका लागि प्रभावकारी सिद्ध हुने विश्वास व्यक्त गर्दै यो भारतको विज्ञताको उदाहरण भएको बताएका छन् ।
यो औषधिलाई भारत सरकारले आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ। सामान्य प्रयोगको लागि अनुमति नपाएसम्म यो औषधि बजारमा तत्काल उपलब्ध हुने छैन ।
यो औषधि पाउडरको रूपमा तयार पारिएको छ । यसलाई सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा भर्ती भएका बिरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
डीआरडीओका अधिकारीहरूका अनुसार देशभरका २७ अस्पतालमा यसको परीक्षण गरिएको थियो । यो औषधिले कोभिड १९ का बिरामीहरूलाई अक्सिजनको समस्याबाट जोगाउन मद्दत गर्ने भारतीय अधिकारीहरूको दाबी छ।
भारतमा कोरोनाको दोस्रो लहरमा सबैभन्दा धेरै समस्या अक्सिजनको देखिएको छ । राजधानी दिल्ली सहित देशका कैयौं राज्यहरूमा समस्यामा परेका बिरामी र उनका परिवारलाई भएको अक्सिजनको समस्यालाई यो औषधिले सहयोग गर्ने बताइएको छ ।
