काठमाडौँ : प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता हुने भएको छ । उनीहरूबीच केही समयपछि भेट हुने नेपाल निकट नेता जगन्‍नाथ खतिवडाले  जानकारी दिए ।

‘ओलीले भेटेर छलफल गरौँ भनेका छन्’ खतिवडाले इकागजसँग भने ‘के भन्‍ने रहेछन् छलफल त गर्नुपर्‍यो ।’ उनका अनुसार नेता नेपालले बालुवाटारमा नआउने भनेपछि भेट्‍न ठाउँ र समय भने टुंगो लागेको छैन् ।

 

आज बिहान बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि कारबाही फुकुवा गरेको थियो ।

२०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने अडान नेपाल समूहले कायम राखेको छ । अर्थमन्त्री पौडेल स्थायी कमिटी बैठकअघि आज बिहान नेता नेपाल निवास कोटेश्वरमा पुगेर छलफल गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बैशाख ३० गतेभित्र बहुमतको सरकार बनाउन दलहरूलाई आह्वान गरेकी थिइन् । राष्ट्रपति भण्डारीले दिएको समयसीमा आज सकिँदैछ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *