अफगानिस्तानको राजधानी काबुलमा एउटा माध्यमिक विद्यालयनजिकै विस्फोटनहरू हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उक्त घटनामा दर्जनौँ अरू घाइते भएका छन्।

विद्यालयबाट बालबालिकाहरू निस्किरहेको बेलामा शनिबार ती विस्फोटनहरू भएका थिए। सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा बाटोमा विद्यार्थीका झोलाहरू छरपस्ट देखिन्छन्।

हताहत हुनेमध्ये अधिकांश छात्रा भएको शिक्षा मन्त्रालयले जनाएको छ।

दश्त-ए-बर्चीमा भएको उक्त घटना आफूले गराएको दाबी कसैले पनि गरेको छैन। त्यो क्षेत्रमा प्रायः सुन्नी लडाकुहरूले आक्रमण गरिरहन्छन्।

तालिबानले आफ्नो संलग्नता अस्वीकार गरेको छ।

अफगान अधिकारीहरूका अनुसार विस्फोटनका लागि एउटा कार बम र मोर्टारहरू प्रयुक्त भएका थिए।

पश्चिमी काबुलको उक्त क्षेत्रमा अल्पसङ्ख्यक हजारा समुदायको बसोबास छ। हजाराहरू मङ्गोल र मध्यएशियाली मूलका हुन् र प्रायः शिया मुसलमान छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *