साताको पहिलो दिन सुनको मूल्य सामान्य बढेको छ । सुन आज १ सय रुपैयाँले बढेको हो।

गत हप्ता आइतबार १ सयले बढेको थियो। सोमबार ४ सयले बढेको थियो भने मंगलबार २ सयले बढेको थियो। यस्तै बुधबार ३ सयले घटेको सुन बिहीबार ३ सयले नै बढेको थियो। शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य ११ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९१ हजार ८ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ३०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ। आज चाँदी तोलामा एक हजार ३४५ मा कारोबार भइरहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *