काठमाडौं : पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार ८ सय ८२ जनाको स्वाब परीक्षण गर्दा ९ हजार १९६ जनामा सङ्क्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४घण्टामा २९ सय ५ जनाले कोरोना जितेका छन् भने ५० जनाको मृत्यु भएको छ।

